Breaking News.... EverestOnlineKhabar
October 3, 2026

भारतले स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर हटायो

Loading

बीबीसी ।  महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर भारत सरकारले हटाएको छ । मुलुकमा खपत हुने सम्पूर्ण वस्तु तथा सेवामा लगाईएको जिएसटी हटाईएको छ ।

भारतमा प्रत्येक ५ मध्ये ४ महिला महिनावारी स्वास्थ्यका सामाग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसंगै भारत सरकारले सो निर्णय गरेको हो । सरकारले विलासिताको सामाग्री अन्तर्गत राखी वस्तु तथा सेवा कर लगाईएको भन्दै चर्काे विरोधका कारण कर हटाईएको हो । १२ प्रतिशत करले महिलाको पहँुचलाई अझै अप्ठ्यारो पारेको अभियान कर्ताले बताएका थिए ।

पुराना कपडा, बोरा लगाएतका वस्तुको प्रयोगले महिला स्वास्थ्यमा परेको गम्भीर असर प्रति भारतमा हस्ताक्षर अभियान चलाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed