![]()
काठमाडौँ । २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिभिन्न राजनीतिक दलका नेता लगायत अधिकारकर्मी र कलाकारहरुले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन ।
सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी थिए ।
र्यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत सहभागी थिए ।
प्रदर्शनकारीहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरी डा. केसीको जीवन रक्षा गरी उनका माग पूरा गर्न अपील गरेका थिए ।


