![]()
काठमाडौँ । अनसनरत डा. गोविन्द केसीको पक्षमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले काठमाडौं नयाँ बानेश्वर क्षेत्रमा हस्तक्षेप गरेको छ । माइतीघर मण्डलाबाट र्यालीसहित आएको समूह बानेश्वर पुग्नै लाग्दा नयाँ बानेश्वरमा तरुण दलले आयोजना गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दा थुप्रै घाइते भएका छन । बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले अश्रु ग्यास र लाठी चार्ज गरेको हो ।

झडपमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसहित केही प्रदशर्नकारी र एक प्रहरी घाइते छन् ।


