Breaking News.... EverestOnlineKhabar
October 2, 2026

भारतमा प्रधानमन्त्री मोदीबिरुद्धको अविश्वासको प्रस्ताव असफल

Loading

बीबीसी । भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव फेल भएको छ ।  संसदमा ११ घण्टासम्म चलेको बहसपछि मोदी सरकारले आफ्नो बहुमत साबित गरेको छ । यसको अर्थ मोदी सरकार जोगिएको छ ।

सदनमा भएको मतदानमा विपक्षीले ल्याएको अविश्वास प्रस्तावको पक्षमा १२६ तथा विपक्षमा ३२५ मत खस्यो । प्रस्तावमाथि मतदान हुनुअघि प्रधानमन्त्री मोदीले जवाफ दिए । विपक्षीसँग मोदीलाई हटाउँ भन्ने एक मात्र मुद्दा रहेको उनले बताए । मोदीले सम्बोधन गरिरहेका बेला तेलूगु देशम पार्टी, टिडिपी तथा विपक्षी सांसदले नाराबाजी गरेका थिए ।

तेलूगु देशम पार्टीका श्रीनिवास केसिनेनीले मोदीको भाषण तर्फ इंगित गर्दै भने, ‘मलाई लाग्यो कि गएको डेढ घण्टादेखि मैले कुनै ब्लकबस्टर चलचित्र हेरिरहेको थिएँ, संसदमा मसँगै रेहका धेरै विश्वका उत्कृष्ट अभिनेता छन् भन्नेमा कुनै शंका नै रहेन ।’

श्रीनिवास केसिनेनीलाई बोल्नका लागि धेरै समय नदिइ लोकसभा अध्यक्ष सुमित्रा महाजनले भोटका लागि अविश्वास प्रस्ताव अघि बढाइन् । टिडिपीका सांसद जयदेव गल्लाले शुक्रबार बिहान अविश्वास प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमा आम आदमी पार्टी, सिपाआई, सिपिएम, कांग्रेस, समाजवादी पार्टी र तृणमूल कांग्रेसको समर्थन थियो । अविश्वास प्रस्तावमाथि सुरु भए लगत्तै बीजू जनता दल, बीजदका सांसद संसदबाट बाहिर निस्किए । त्यसपछि संसदमा बहस सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed