Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

बीबीसी । सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो।

गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी नागरिक मारिएको अधिकारीहरूले बताएका छन्।

गाजामाथि नियन्त्रण राखिआएको हमास समूहले इजरेलसँग एउटा युद्धविराममा सहमति भएको जनाएको छ। हमासका प्रवक्ता फाव्जी बरहौमले  भने, “इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरेली र प्यालेस्टिनी समूहहरूबीच शान्तिताकाको समयमा फर्कने सहमति भएको छ।”

युद्धविराम सहमतिबारे इजरेलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।

प्रदर्शन

उत्तरी गाजा पट्टीस्थित हमासका १५ वटा सैन्य अखडा र खान युनिसस्थित थप २५ वटालाई निशाना बनाइएको इजरेली सेनाले जनाएको छ।

क्षेप्यास्त्र

इजरेल र गाजाको सीमामा शुक्रवार पारेर प्यालेस्टिनीहरूले अर्को प्रदर्शन थालेपछि इजरेलले पछिल्लो हमला गरेको हो। प्यालेस्टिनी लडाकुहरूबाट इजरेली भूभागमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको त्यहाँको सेनाले जनाएको छ। इजरेलले गत हप्ता सन् २०१४ मा भएको युद्धयता पहिलो पटक हमासविरुद्ध ठूलो आक्रमण गरेको थियो। गाजा पट्टीबाट २०० भन्दा बढी रकेट तथा मोर्टार प्रहार गरेपछि इजरेली सेनाले भीषण हमला थालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed