![]()
एजेन्सी,साउन ।
जिम्बाबेसँगको ५ खेलको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा पाकिस्तानले जित हात पारेको छ । घरेलु टिम जिम्बाबेलाई पाकिस्तानले ९ विकेटले पराजित गरेको हो । १९५ रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ३६ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।
पाकिस्तानका लागि फखर जमानले अविजित ११७ रन बनाए । शतकीय पारी खेल्ने क्रममा जमानले १२९ बलमा १६ चौका प्रहार गरेका थिए । त्यस्तै, पाकिस्तानका लागि इमम उल हकले ४४ र बाबर अजामले अविजित २९ रन बनाएका थिए ।
यसअघि जिम्बाब्वेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा १९४ रन मात्रै बनाउन सक्यो । जिम्बाब्वेका लागि कप्तान हामिल्टन मसाकड्जाले ५९ र पिटर मोरले ५० रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि उस्मान खानले ४ र हसन अलीले ३ विकेट लिएका थिए ।


