Breaking News.... EverestOnlineKhabar
June 28, 2026

विश्वकप विजेता फ्रान्सको स्वदेशमा भव्य स्वागत,५ लाख समर्थक सडकमा लामबद्ध

Loading

एजेन्सी,साउन।
रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ। फूटबल प्रेमी, सरकार र सर्वसाधारणले मस्कोबाट विश्वकप जितेर स्वदेश फर्किएका फूटबल खेलाडीको भव्य स्वागत गरेका थिए। खेलाडीलाई स्वागत गर्न मात्र पाँच लाख समर्थक सडकमा लामबद्ध भएका जनाइएको छ ।
फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो। यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो। यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो ।
क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो। करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा व्यापक चर्चा चलेको छ। साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडी प्रति दर्शाएको प्रेमको पनि धेरैको मन जितेको छ।
उनले दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्त गर्दै रोएको र खेलाडीहरुलाई प्रेमपूर्वक सान्त्वना दिएको दृश्य अविश्मरणीय मानिएको छ। रुसमा गत एक महिना चलेको २१ औँ संस्करणको विश्वकप फूटबल प्रतियोगिता आइतबारबाट सकिएको छ भने २२औँ संस्करण सन् २०२२ मा कतारमा हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.