Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ईरानमाथि लगाएका प्रतिबन्धहरु खुकुलो नपार्ने अमेरिकाको स्पष्टोक्ति

Loading

एजेन्सी,साउन ।
ईरान विरुद्ध लगाइएका प्रतिवन्धहरुबाट युरोपेली कम्पनीहरुलाई अलग्गै राख्न गरिएका युरोपेली संघको उच्च स्तरीय अपील अमेरिकाले खारेज गरिदिएको छ । युरोपेली देशहरुले पठाएको पत्रको जवाफमा अमेरिकी गृहमन्त्री माइक पोम्पियोले ईरानमाथि बढीभन्दा बढी दबाव दिन अमेरिकाले उक्त अपील खारेज गरिदिएको बताएका छन् ।
पत्रमार्फत अमेरिकालाई फाइदा पुर्याउने शर्तमा मात्रै ईरान विरुद्ध लगाइएका प्रतिवन्धहरुबाट युरोपेली कम्पनीहरुलाई अलग्गै राख्न आग्रह गरिएको थियो । युरोपेली संघलाई वाशिङटनको नयाँ प्रतिबन्धबाट अर्बौं डलर बराबरको व्यापार संकटमा पर्ने चिन्ता बढेको छ । अमेरिकी वित्तमन्त्री स्टीभ मनुशिनले एनबीसी न्यूजसँग गरेको कुराकानी उद्धृत गर्दै बीबीसीले भनेको छः‘हामी ईरानमाथि अभूतपूर्व वित्तीय दबाव दिन चाहन्छौं ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत मे महिनामा ईरानसँगको परमाणु सम्झौता रद्द गर्दै ईरानमाथि पथ सशक्त प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.