Breaking News.... EverestOnlineKhabar
July 10, 2026

इंल्याण्डमाथी सानदार जित निकाल्दै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा….

Loading

एजेन्सी,असार ।
इंल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ ।
खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । तर क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निकै नै प्रतिष्पर्धात्मक देखिएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो ।
खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए । अन्ततः यही गोल नै निर्णायक बन्यो र क्रोएसियाको पल्लाभारी भयो । क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो ।
अब उसले आइतबार हुने फाइनल खेलमा उपाधिको लागि फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed