Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

भक्तपुर,असार ।
बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । अविरल वर्षाले भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटो लगायतका क्षेत्र जलमग्न भएको हो ।
लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ। काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय जागराम रहे । यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा खसेको पहिरोले आवागमन प्रभावित भएको हो ।
उता, बीपी राजमार्ग पनि वर्षाले प्रभावित भएको छ । राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोले बिहानैदेखि सवारी रोकिएका छन् । पानी पर्न कम भएपछि भक्तपुरका विभिन्न स्थानमा भएको डुबानबाट प्रभावितलाई क्रेन र डुंगाबाट उद्धार गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed