Breaking News.... EverestOnlineKhabar
July 9, 2026

यी हुन इङल्याण्डको सातो खान सक्ने क्रोयसियाका तीन खेलाडी

Loading

एजेन्सी । क्रोयसिया इङल्याण्डसंगको भिडन्तको लागि तयार भैसकेको छ । क्रोयसियाका तीन खेलाडी यस्ता छन जस्ले इङल्याण्डको सातो खान सक्छन । ती खेलाडीहरुको परिचय यस्तो छ ।

लुका मोड्रिक

मिडफिल्डर लुका मोड्रिक त्यस्ता व्यक्ति हुन, जसले टिमलार्इ संकटबाट पार लगाउन र नतिजा दिलाउन आफ्नो जादु प्रस्तुत गर्दछन्। उनी एक सफल र क्षमतावान टिम कयाप्टेन हुन। पछिल्लो समय युरोपको चर्चित क्लब रियल मड्रिडमा खेली रहेका उनले रियल मड्रिडमा प्रभावशाली प्रदर्शन गर्दै युरोपको सबैभन्दा राम्रो मिडफिल्डर्सको रुपमा आफुलाई स्थापित गरिसकेका छन्।

३२ बर्षिया मोड्रिकले २००३ बाट आफ्नो व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए। ४ बर्ष टोटनह्याम हट्स्परमा बिताउँदा उनले प्रिमियर लिगका १२७ खेल खेले। त्यसपछि २०१२ मा रियल मड्रिड पुगेका उनले ला लिगाका ६ सिजनका खेले। ६ सिजनमा उनले १६६ खेल खेल्दै ९ गोल गरेका छन्। पछिल्लो संस्करणमा मात्र उनले २६ खेल खेले। मोड्रिकले २००६ बाट राष्ट्रिय टिमका सदस्य बने। राष्ट्रिय टिमबाट उनले अहिले सम्म १११ खेलमा १४ गोल गरेका छन्। जारी विश्वकपमा मात्र उनले २ गोल गरेका छन्।

आन्ड्रेज क्रामरिक

युरोपियन फुटबल क्षेत्रमा एक सम्झिनै पर्ने नाम हो आन्ड्रेज क्रामरिक। उनी २०१५ मा ९ मिलियन पाउण्डमा लेस्टर सिटी गए। जुन त्यो बेला क्रोएशिया फुटबल एतिहासमा रेकर्ड नै बन्यो। लेस्टर सिटीमा २०१४-१५ को सिजनमा १३ खेल खेल्दै २ गोल गरे भने २०१५-१६ को सिजनमा मात्र २ खेल खेले। लोनमा होफेनहाईम पुगेका उनी बुन्डेस लिगाका १५ खेल खेल्दै ५ गोल गरे। त्यसपछि होफेनहाईममै रहेका उनले पुनः दुइ सिजन खेले। पछिल्ला दुई सिजनका ६८ खेल खेलेका उनले २८ गोल गरेका छन्। २०१४ बाट राष्ट्रिय टिममा डेव्यु गरेका उनले ३६ खेल खेल्दै १० गोल गरेका छन्। जारी विश्वकपमा उनले एक गोल गरेका छन्।

डानिजेल सुवासिक

३३ बर्षिया डानिजेल सुबासिक क्रोएशियाकालागि एक अनुभबि गोलरक्षक खेलाडी हुन। २००३ खेली व्यावसाहिक फुटबल खेलेका उनले थुप्रै क्लबहरुबाट अनुभव बटुलि सकेका छन्। पछिल्लो समय मोनाकोमा ७ वर्ष बिताएका उनले लिग एक का २ सय १५ खेल खेलेका छन्। २००९ बाट राष्ट्रिय टिमका सदस्य बनेका उनी हालसम्म ४२ खेल खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed