Breaking News.... EverestOnlineKhabar
July 9, 2026

डा. केसीलार्इ बचाउन जुम्लाका महिला भोकै आन्दोलनमा

Loading

जुम्ला।  मेडिकल शिक्षा सुधारको माग राख्दै विगत १२ दिनदेखि १५ औं अनशनमा रहेका प्रा डा गोविन्द केसीको समर्थनमा जुम्लाका महिलाहरुले भोकै आन्दोलन थालेका छन्।

स्थानीय महिलाहरुले बुधबार भोकै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले डा केसीले आफ्नो सन्तानको उच्च मेडिकल शिक्षा अध्ययन सहज बनाउन लामो समयदेखि अनशन थालेकोले आफूहरु पनि भोकै आन्दोलन उत्रिएको बताएका छन्।

सरकारले काठमाडौंमा निषेधित क्षेत्र घोषणा गरेपछि अनशन बस्न असार १६ गते जुम्ला पुगेका डा केसीलार्इ प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका डा केसीले थुनाकक्षबाट अनशन थालेपछि खलंगास्थित कर्भडहलमा छोडेको थियो।

बुधबार एक विज्ञप्ती जारी गर्दै १२ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन्। डा. केसी वार्तामा बस्न तयार नरहेको सरकारी भनाईको बाहिर आइरहेका बेला डा केसीले त्यसको खण्डन गर्दै आफू वार्ताका लागि तयार रहेको बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed