Breaking News.... EverestOnlineKhabar
July 9, 2026

Loading

 एजेन्सी ।पूर्वकप्तान वायन रुनीले रूसमा जारी विश्वकपमा इङ्ल्यान्डले सेमिफाइलनसम्मको यात्रा तय गर्दा उत्कृष्ट फुटबल खेलेको र यसले फाइनलसम्म निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।

म्यानचेस्टर युनाइटेड र राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गरेका ३२ वर्षे रुनीले विश्वकपको सेमिफाइलनमा पनि इङ्ल्यान्डले क्रोएसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

‘उनीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आशा छ उनीहरूको विजययात्रा कायमै रहनेछ,’ रूनीले भने, ‘यो अद्भुत छ । इङ्ल्यान्डको माहोल नै छुट्टै छ । आशा गरौं हामी फाइनलसम्म स्थान बनाउन सफल हुनेछौं।’

 ह्यारी केनको कप्तानीमा रहेको इङ्ल्यान्डले क्रोएसियालाई पराजित गरे आइतबार फ्रान्स र बेल्जियमबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

‘प्रशिक्षक साउथगेट र सम्पूर्ण टोलीलाई शुभकामना । उनीहरूले हामीलाई गौरवान्तित बनाएका छन,’ रूनीले भने, ‘आशा छ, यो यात्रालाई थप एक कदम अघि बढाएर फाइनल जित्दै उपाधि लिएर घर फर्कनेछन् । उनीहरूले जुन सफलता पाइरहेका छन्, त्यसबाट म रमाइरहेको छु । उनीहरूप्रति विश्वास पनि छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed