![]()
काठमाडौं। एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।
विद्युतीय माध्यमबाट बैंकिङ् क्षेत्रम हुन सक्ने साइबर अपराधबाट बच्नको लागि वाणिज्य बैंकहरुले अनिवार्य रुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नु पर्ने पनि मौद्रीक नीतिमा समेटिएको छ।


