Breaking News.... EverestOnlineKhabar
July 9, 2026

प्रधानमन्त्रीद्वारा बजेटको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन

Loading

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवसँग सघन छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस् कार्ययोजना मगाइ मन्त्री र सचिवसँग छलफल गर्नुभएको हो ।

गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed