![]()
चितवन । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान घुमाउनेलगायतका स्थानमा पहिरो खसेपछि अवरुद्ध बन्न पुगेको सडक पहिरो हटाएपछि पुनः सञ्चालनमा आएको हो ।
पानी पर्न पनि रोकिएकोले पहिराे हटाउन सहज भएको थियो । बिहानैदेखि जाममा परेका सवारी साधनहरुलाई प्राथमिकताका साथ कटाउने काम थालिएको थियो ।
पानीपरेसँगैं आउने पहिरोले पटक–पटक सो सडक खण्ड अवरुद्ध हुँदै आएको छ ।


