Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

मेरो एउटै गाऊँमा जन्म भएको , कुल, गोत्र, जात, वंश र लिङ्ग समेत एउटै भएको, मेरो आदरणीय वंश गोविन्द केसी अनशनरत हुनुहुन्छ । उहाँ यस पटक मात्रै अनशन वस्नुभएको होईन । उहाँको अनशन वस्ने मागहरु एकै प्रकार मात्र पनि छैनन् । उहाँले चौतर्फी हात हाल्नु भएको छ । कहिले शिक्षा, कहिले स्वास्थ्य, कहिले न्यायलय त कहिले अख्तियार ।

हो समस्या चारैतिर छन् । मेरो वंशले समस्या जति वुझ्नु भएको छ त्योभन्दा वढ्ता ज्यादा नै मैले पनि समस्या नबुझेको होईन । त्यो समस्याको समाधान जरुर छ त्यो पनि मलाई थाहा छ । एउटा भोकोलाई भोजन जरुर आवश्यक हुन्छ त्यो पनि सवैलाई थाहा छ । भोकलाग्यो भनेर पाँचमुठी सामललाई सानो कुकरमा आवश्यक पानी हालेर जम्वो चुलोमा ह्वारह्वार्ती आगो वालेर पकाउदा त्यो भात पाक्ने होईन डढ्ने हो त्यो मलाई प्रष्ट थाहा छ तर मेरो वंशले वुझ्न सक्नु भएन । उहाँले देखेको र मैले देखेको समस्या अलि फरक पनि छन् । किनकी उहाँको र मेरो संसारलाई हेर्ने बुझ्ने र फेर्ने दृष्टिकोणमा पनि पक्कै फरक जो छ ।

अब शुरु गरौं स्वास्थ्य शिक्षाको कुरा । स्वास्थ्य शिक्षामा आकर्षण व्यापक छ, त्यो खर्चिलो पनि छ, त्यो जटिल पनि छ र अझ वढी प्राक्टिकल गर्नुपर्ने छ । अभ्यासबाट अलि धेरै सिक्नु पर्ने भएरै सायद महंगो पनि भएको होला ! जति महंगो भए पनि स्वास्थ्य शिक्षाप्रतिको आकर्षण वढेको बढेकै छ । हुन त जन्मदै कोही जान्ने र कोही नजान्ने भएर आएका हुदैनन् । उसलाई जस्तो वातावरण दियो ऊ त्यस्तै वन्ने हो । नेपालको सामाजिक संरचनाको हिसावले धनि र गरीव पढ्ने विद्यालय फरक छ, तथाकथित जान्ने र नजान्ने भनेर पढाइने विद्यालय फरक छ । त्यस प्रकारको विभेदले निकालेको रिजल्टमा समानता खोजेर समान शिक्षाको कुरा गर्नु वेकार नै छ । तथापि धेरै नम्वर ल्याएका, अंग्रेजी राम्रो भएका, धनदौलतले साथ दिएका व्यक्तिहरु स्वास्थ्य शिक्षा पढेरै छाड्ने हुटहुटीले पाए सरकारी, नपाए निजी, त्यो पनि नपाए विदेशमा गएरै भएपनि भर्ना भएका छन् । पढेका छन् । जसरी राणा कालमा नेपालमा पढ्न र लेख्न वन्देज नै भए पनि वनारसतिर गएर पढ्ने प्रसस्तै थिए ।

रामेछापकै वहिनीले हालसालै मेङ्गलोरबाट डाक्टर वनेर आएकी छिन् अर्को भाई चाइनाबाट डाक्टर वनेर आउने तरखरमा छन् । उनीहरुले पैसा तिर्न नसकेर होइन नेपालमा भर्ना हुन नपाएर विदेश गएर पढेका हुन् । त्यस्ता व्यक्ति हजारौं छन् जो स्वास्थ्य शिक्षा पढ्न कै लागि विदेशिएका हुन् । अस्ति भर्खर वंगलादेशबाट आएको जहाज दुर्घटना हुदा मृत्युहुनेमा त्यही स्वास्थ्य शिक्षा पढ्न जानेको पंक्ति धेरै भेटियो । अनि नेपालमा पढ्नको लागि कलेज नहुने हो भने यो स्थीति वढेको बढेकै हुनेछ ।स्वदेशी पैसा विदेशीको ढुकुटीमा भरिएको भरिएकै हुनेछ । विदेशीलाई धनी वनाउनु भन्दा नेपालमै त्यो रकम वसोस भन्ने कुराको समस्या मैले देखेको छु तर मेरो वंशले त्यो देख्नु भएन ।

अर्को कुरा २०६४ सालमा मेरो दिदिलाई रुखले किच्यो हेलिकप्टरबाट काठमाण्डौ ल्याउनु पर्यो । वल्ल वल्ल हेलिकप्टरबाट त ल्याइयो अस्पतालमा भर्ना गर्ने वेड पाइएन । टिचिङ्ग अस्पताल जहाँ मेरो वंश कार्यरत हुनुहुन्छ त्यहाँ त वेड कहाँ पाउनु वीर अस्पतालमा पनि करिव करिव मेरो इष्टमित्र र शुभचिन्तकले जुलुश नै निकाल्नु पर्यो । त्यसरी भर्ना गरिएको विरामी निको नहुदै वेडबाट निकाल्न प्रेशर परेर ओम अस्पतालमा भर्ना गरेको कुरा ताजा स्मरणमा नै आउछ ।

यहि साल अस्ती मात्रै पनि मेरो र उहाँकै गाउँका एक जना व्यक्ति पारी पाखामा लागेको आगो निभाउन जादा भिरबाट लडेर ढण्डासो खुस्कीदा उपचारको लागि टिचिङ्गमा हजारौं पटक अनुनय विनय गर्दा पनि वेड पाइएन । उपचारको लागि महिनौं कुर्नुपर्यो, पालो वस्नु पर्यो । केही वर्ष पहिले रामेछापमा सवारी दुर्घटनामा परि मेरो साथीहरु घाईते हुनुभयो । भनेको वेलामा उद्धार गर्न जाने एम्वुलेन्स छैन । वल्ल वल्ल एम्वुलेन्सबाट ल्याइयो अस्पतालमा वेड छैन । वीर अस्पतालको प्यासेजमा नै उहाँहरुलाई सुताएर टाँका लगाएको र उपचारको लागि वेड नपाएर ठमेलतिरको अस्पतलामा लगेर उपचार गर्नु पर्यो ।

अझै पनि टिचिङ्गमा उपचार गर्नु पर्यो भने विहान ४ वजेतिरै उठेर लाइन वस्न जानु पर्छ । भनेको दिन उपचार गर्न गाह्रो पर्छ । जनताले सहज र सरल तवरले उपचार पाउनु पर्ने मैले जानेवुझेदेखि माग गरीरहेको छु । तर सुनुवाई भएको छैन । मेरो वंशको कार्यकक्षमा जादा पनि भिडभाडमा कमी आएको छैन् । त्यहाँको वातावरण पनि सुखद छैन । त्यहाँ पनि के गर्नुपर्ला भनेर सोधनी पुस्तिका वा सुझाव पेटीका रोखेमा के के हो के के त्यहाँ पनि सुधार गर्नुपर्ने कुरा आएका आएकै हुनेथ्यो सायद । एक पटक म पुग्दा केही न केही चाँही यी वुढालाई लेखेर छोडीदिऊ कि जस्तो लागेको थियो तर वालहट पो हुने हो की भन्ने लागेर त्यसो गरिन । अस्पतालको भिडभाडले डाक्टरहरु वोल्न भ्याउदैनन् । काउण्टरका टिकटदारलाई दशौं पटक सोधनी हुदा वोल्न मान्दैनन् । उनीहरुलाई टेन्सन हुन्छ भिडले । यो भिड देख्दा मलाई अझै काठमाण्डौ मा नै १ दर्जन टिचिङ्ग जस्ता अस्पताल चाहिएको छ । दक्ष जनशक्ति चाहिएको छ । तर मेरो वंश जो उपचारको लागि लाइन नै वस्नुहुन्न त्यस कुराको के भ्याऊ ? उहाँलाई वेड चाहिएमा कसैलाई अनुनय विनय गर्नै पर्दैन उसलाई वेड नपाएको पिडा के थाहा ? मेरो वंशसँग म पनि अनशन वस्न तयार छु- “धनि र गरिवले पाउने शिक्षा एउटै हुनुपर्यो भनेर, निशुल्क शिक्षा र निशुल्क स्वास्थ्य पाउनु पर्यो भनेर ।

तथाकथित जान्ने भनाउदाे र नजान्ने अनि धेरै नम्वर ल्याएका र कमसल नम्वर ल्याएकाले पढ्ने विद्यालय फरक नहाेस भनेर, राेक लाग्ने बित्तिकै उपचार हाेस भनेर । नेपालको संविधानको मौलिक हक तुरुन्त लागु गर भनेर ।” तर आजै अनशन वसेर त्यो माग गर्दा अलि हतारो पो हुनेछ कि ? भाैतिक संरचना खाेई, राजधानीमा नै सहजै र सरलै अस्पताल खै ? अव आयो सरकारको कुरा । हो सरकारले मैले सोचेजस्तो काम गरेको छैन् । मैले अझै वजेट राम्ररी वुझ्न सकेको छैन् ।

लेखक : कृष्णहरी केसी
(केसी युवा संघ नेपालका स्थायी कमिटी सदस्य हुन । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.