![]()
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकका लागि कार्यविधि तय गर्नका लागि तीन सदस्यीय उपसमिति चयन भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठकले कार्य विधि तय गर्नका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का योगेश भट्टराई र शिवकुमार मण्डल केवट तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी पुष्पा भुसाल रहेको ३ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिलाई बुधबारसम्म कार्यविधि तय गर्ने कार्यादेश दिइएको छ । संवैधानिक परिषदले समितिको सचिवालयमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई समेत ध्यानमा राखेर समितिको कार्यविधि तय गर्न उपसमिति गठन गरिएको हो ।
संघीय संसदको सार्वजनिक सुनुवाई विशेष समितिमा १५ सदस्य रहने व्यवस्था छ ।


