![]()
एजेन्सी । सलमान खान अहिले द–ब्यांग टुरका क्रममा अमेरिका पुगेका छन् । उनको टोलीमा अभिनेत्री कट्रिना कैफ र ज्याकलिन फर्नान्डेज पनि छन् ।
कट्रिना र ज्याक एक–अर्कासँग मिल्दैनन् । तसर्थ, यिनलाई एकै चोटि स्टेजमा उतार्न त परको कुरा, एउटै फ्ल्याटमा राख्नसमेत गाह्रो परेको अवस्था रहेछ । अहिले दुई अभिनेत्रीलाई एकै होटलका बेग्लाबेग्लै तलामा राखिए पनि क्यानाडाको कार्यक्रममा होटल अगल–अलग गरिदिन सलमानले व्यवस्थापकलाई अह्राइसकेका छन् ।
दुईले एकअर्कालाई हेर्न नचाहेकाले कुनै हातलमा पनि आई कन्टयाक्ट नहोस् भन्नेमा सलमान र आयोजक समूह सचेत रहेछन् । उनीहरू दुवैलाई सलमानले बलिउडमा स्थापित गरेका हुन् ।


