Breaking News.... EverestOnlineKhabar
August 13, 2026

जुम्लामा  भोकै  सुत्न लगाएर काठमाडौंका सडकमा कराउनेहरु आफै चूप लाग्छन : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताउनुभएको छ ।नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भन्नुभयो “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ । यसमा आत्तिनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर  जुम्लामा  भोकै  सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ रहेको बताउनुभएको छ । “बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । शान्ती प्रक्रियाका केही अवशेषहरु पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधयक,गोविन्द केसी,उपकुलपति जस्ता बिषयमा साँसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौती दिनुभएको छ । काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने,एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो र” प्रधामन्त्रीले भन्नुभयो । नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने,विदेश पठाउनु पर्ने,हजारौं विगाहा जमिन खरिद गरेर ,भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्विकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।
निर्वाचन आचार संहिता लागु भएपछिका राजनीतिक नियुक्तीहरु खारेज गरिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,नेता झलनाथ खनाल लगायतको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed