Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

काठमाडौँ।  काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ। अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरिद एकाइ प्रक्रियामा लगिने भएको हो ।

पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा न्युरोड र दरबारमार्गबाट नागरिकले पाउनेछन्। ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ।

कोही व्यक्ति न्युरोड जाँदैछन् भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्नुपर्नेछ। एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समस्याका रुपमा रहेको ट्राफिक जाम कम हुनेछ।

दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त स्मार्ट पार्किङमा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed