Breaking News.... EverestOnlineKhabar
August 14, 2026

जापानमा बाढीका कारण १०० जनाको ज्यानगयो, ५० बेपत्ता

Loading

बीबीसी । जापानमा लगातारको वर्षासँगै आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । बाढीका कारण कम्तिमा १०० जनाको ज्यान जानुका साथै ५० जना भन्दा धेरै बेपत्ता भएका छन ।

जापानको पश्चिमी क्षेत्रमा बाढीले बढी प्रभाव पारेको छ । बाढीसँगै पहिरो पनि गएकाले क्षति बढी भएको हो । जापानको पश्चिमी क्षेत्रमा बिहीबारदेखि ठूलो पानी परेको छ ।

जुलाईको पूरै महिनाभर सामान्य रुपमा पर्ने पानीको तुलनामा पछिल्ला दिनमा तीन गुणा बढी पानी परेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेकाले २० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

जापानमा अहिलेको जस्तो वर्षा यसअघि नभएको मौसम विभागका अधिकारीले बताएका छन् । पहिरोको लेदो तथा बाढीमा हराएकाको खोजी  फेरि सुरु भएको छ । बाढी तथा पहिरोका कारण हिरोसिमा क्षेत्र बढी प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed