Breaking News.... EverestOnlineKhabar
August 13, 2026

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले देशको समृद्धिका लागि  योगदान गर्नुपर्ने : उपाध्यक्ष पुन

Loading

एजेन्सी । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले विदेशमा अध्ययनरत सबै नेपाली विद्यार्थीले आफ्नो देशको समृद्धिका लागि  योगदान गर्नुपर्ने बताएका छन् ।नयाँ दिल्लीस्थित अनेरास्ववियु र अखिल (क्रान्तिकारी) दिल्लीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हरेक विद्यार्थीले आफूलाई देशको दूत सम्झिएर देशको समृद्धिका लागि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

आफू बसिरहेको देशमा रहेका नेपालीहरुको हकहित र आफ्नो देश निर्माणका लागि विद्यार्थीहरुले राजदूत सम्झेर काम गर्नुपर्ने उनको भनाइ थियो ।उपाध्यक्ष पुनले मुलुकको अबको यात्रा सुशासन र समृद्धितर्फ हुने धारणा व्यक्त गरे ।

उनले भने, ‘अबको हाम्रो यात्रा आम नेपालीहरुको अवस्था बदल्न हुनेछ । स्थायी वाम सरकार राष्ट्रिय एकता र स्वाधिनताको जगमा समृद्धिको यात्रातर्फ अघि बढेको छ ।’

नेपाल–भारत सम्बन्धमा केही दलाल र विचौलियाहरुको कारण बेला–बेलामा समस्या परेको भन्दै पुनले फेरिएको परिस्थिति, बदलिएको सरकार र संरचना अनुसार भारतसँग अब नयाँ सम्बन्ध कायम हुनुपर्ने बताए । यसको लागि विद्यार्थीहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed