Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

बीबीसी । भारतको उत्तर प्रदेश राज्यको एउटा रेल स्टेशनमा काममा खटिएका कर्मचारी मदिरा पिएर निदाएपछि केही रेलहरू अड्किएको अधिकारीहरूले बताएका छन्। दीप सिंह नाम गरेका ती स्टेशन मास्टरले फोन नउठाएपछि अधिकारीहरू मुर्शादपुर रेल स्टेशन जान बाध्य भएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिंहको कार्यालयमा मदिराका रित्ता बोतलहरू थिए र उनी सुतिरहेको अवस्थामा भेटिएका थिए।शुक्रवार राति भएको सो घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ। अधिकारीहरूले सिंहको स्वास्थपरीक्षण गर्दा उनको रगतमा मदिराको मात्रा उच्च देखिएको छ।

“उनी पूरै मातेका थिए र उनी हिँड्न पनि सक्दैनथे,” एक वरिष्ठ रेलवे अधिकारीलाई द हिन्दू समाचारपत्रले उद्धृत गरेको छ। यो गम्भीर विषय भएको र यसको अनुसन्धान गरिने ती अधिकारी बताएका छन्। सो रेल स्टेशनबाट अगाडि जाने अनुमति नपाएपछि लामो दूरीमा चल्ने धेरै रेलहरू त्यहीँ रोकिएका थिए।

हेल्चेक्र्याइँ ‘सामान्य’

भारतमा दुई करोडभन्दा बढी मानिसहरू दैनिक सात हजार रेल प्रयोग गरेर यात्रा गर्छन्। मुर्शादपुरमा भएजस्तो घटना भारतमा असामान्य मानिँदैन। गत एप्रिल महिनामा रेलको इन्जिनबाट २२ वटा डिब्बा छुट्टिएर विपरीत दिशातिर ११ किलोमिटर गुडेका थिए। सो घटनामा हेल्चेक्र्याइँ गरेको भन्दै कर्मचारीहरू निलम्बनमा गरिएको थियो।

गत वर्ष नोभेम्बरमा यात्रा गर्दै गरेका कृषकहरूको एउटा समूहले राति बिउँझिदा आफू चढेको रेल उल्टो दिशामा १६० किलोमिटिर प्रतिघण्टाको गतिमा कुद्दै गरेको पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed