Breaking News.... EverestOnlineKhabar
August 13, 2026

थाई गुफाः फसेका बाँकी बालकहरू उद्धार पर्खिँदै

Loading

बीबीसी । थाईल्यान्डको एउटा बाढीग्रस्त गुफामा गत जुन २३ देखि फसिरहेका बाँकी नौ जनाको उद्धारको तयारी हुँदै गरेको बुझिएको छ। चार बालकहरूलाई आइतवार नै उद्धार गरी सुरक्षित स्थलमा लगिएको थियो भने आठ बालक र तिनका फुटबल प्रशिक्षक अझै गुफाभित्रै छन्।

अक्सिजनका ट्याङ्कीहरूलाई फेर्नुपर्ने भएकोले उद्धार कार्य राति रोकिएको थियो। सोमवार गुफाको प्रवेशद्वारमा एम्बुलेन्सहरू पुगेको बीबीसी सम्वाददाताले देखेका छन्। सो क्षेत्रमा देखिएका गतिविधिहरूले उद्धार पुन: थालिएको वा सुरु हुन लागेको सङ्केत गरेका छन्। पानी पर्न रोकिएको समयको सदुपयोग गर्दै उद्धारको काम आइतवार थालेका थिए। उद्धार कार्यको पहिलो चरण पनि अधिकारीहरूले सोचेभन्दा निकै छिटो सम्पन्न भएको थियो।

एक जनाको उद्धार गर्न दुई जना गोताखोर
गुफा उद्धारको चित्र

उद्धार गरिएका बालकहरूको स्वास्थ्य राम्रो रहेको थाई अधिकारीहरूले बताएका छन्। उनीहरूलाई चियाङ राईको अस्पतालमा भर्ना गरिएको छ। सोमवार बिहान उद्धार टोलीका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले भनेका थिए, “थप उद्धारका लागि हाम्रो टोली तयार हुने बितिक्कै हामीले उद्धार कार्यलाई निरन्तरता दिन्छौँ।”

राति ठूलो पानी परेकाले र थप वर्षाको पूर्वानुमान गरिएकाले गोताखोरहरूले उद्धारको काम छिट्टै गर्नुपर्ने छ। शनिवार ओसोथ्थानाकोले तीनदेखि चार दिनभित्र उद्धार गरिसक्नु पर्ने बताएका थिए।

मेडिकल टोली

कसरी गरिँदैछ उद्धार?

चालीस थाई र ५० विदेशी गोताखोरहरूको समूह गुफाभित्र गरिएको उद्धारमा सहभागी छ। ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर ल्याउँछन्। त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु पर्छ।

ती बालकहरूले सुरक्षित उद्धारका लागि पहिला कहिल्यै नलगाएको पानीमुनि जाँदा लगाउनुपर्ने विशेष पोसाक र उपकरणहरू प्रयोग गरेका थिए। गुफा

गुफा थाईल्यान्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed