![]()
एजेन्सी,असार ।
पाकिस्तानले त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो। आइतबार भएको फाइनल खेलमा १८४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभर सकिन ४ बल बाँकी छदा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
पाकिस्तानको जितमा फखर जमानले उत्कृष्ट प्रदर्शन गर्दै ९१ रन बनाए । ४६ बलको सामना गरेको जमानले १२ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै, पाकिस्तानका लागि शोइब मालिकले अविजित ४३, कप्तान सफ्र्रज अहमदले २८ र अशिफ अलीले १७ रन बनाए ।
जिम्बाब्वेको हरारे स्पोट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि डर्सी शर्टले ७६ रन बनाए । त्यस्तै, कप्तान आरोन फिन्चले ४७ रन बनाए ।


