Breaking News.... EverestOnlineKhabar
August 13, 2026

रोनाल्डो युभेन्टस जाने अन्तिम तयारीमा, चिनीयाँ प्रस्ताव अस्वीकार

Loading

एजेन्सी,असार ।
रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने लगभग निश्चित जस्तै भएको छ । एक सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहाँ वार्षिक ३० मिलियन युरो कमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रोनाल्डोले रियल छोड्ने समाचारसँगै उनलाई म्यानचेस्टर युनाइटेड पनि भित्र्याउने चासो देखाएको छ। यसैबीच,एक चिनीयाँ क्लबले उनलाई भित्र्याउन १ सय ७७ मिलियन पाउन्डको प्रस्तावसमेत गरेको खबर बाहिरिएको छ। तर उनले चिनीयाँ क्लबको उक्त प्रस्ताव अस्वीकार गरेका छन्।
रोनाल्डोले आफू इटालियन क्लब युभेन्ट्स जान चाहेको क्लबलाई जानकारी गराइसकेका छन्। युभेन्ट्सले पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोका लागि रियलले ८८ मिलियन पाउने प्रस्ताव गरेको बताइको छ ।
यसले उनी इटाली नै जाने तयारीमा रहेको थप संकेत दिन्छ। त्यहाँ उनलाई अग्रपंक्तिमा गोन्जालो हिग्वाइन र पाउलो डिबालाले साथ दिनेछन्। यद्यपी रोनाल्डोको सम्झौता आधिकारिक भइसकेको छैन। स्पेनिस फुटबल विश्लेषक बालाग्युका अनुसार रोनाल्डोका लागि रियलले वातावरण मिलाउन तयारी थालेको छ। ‍पोर्चुगिज कप्तान रोनाल्डोले रियलमा नौ सिजन बिताइसकेका छन्।
यदि रोनाल्डो युभेन्टस आए क्लबले यसपालिको च्याम्पियन्स लिगमा बलियो दाबेदारी प्रस्तुत गर्न सक्नेछ। यो सिजन युभेन्टस सेमिफाइनलमा रियलसँगै पराजित भएको थियो। रसिया विश्वकपको अन्तिम १६ मा उरुग्वेसँग पराजित भएपछि रोनाल्डो अहिले बिदा मनाएर बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed