Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ब्रिटेनका मन्त्री डेभिड डेभिसद्वारा राजीनामा

Loading

एजेन्सी,असार ।
युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् । डेभिसको राजीनामालाई प्रधानमन्त्री टरिजा मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ । प्रधानमन्त्री मे को मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्धबारेको एउटा नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि उनको राजीनामा आएको हो । डेभिसका सहायक स्टिभ बेकरले पनि सरकार छाडेका छन् ।
प्रस्तावलाई बहिर्गमन पक्षधरहरूले ‘धेरै नरम’ भनेका छन् । इयुसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए । इयुबाट ब्रिटेन अलग हुनुपर्ने पक्षधर एक नेताले डेभिसको राजीनामालाई एउटा ‘सम्मानजनक र साहसिक निर्णय’ भन्दै प्रशंसा गरेका छन् । डेभिसले सही काम गरेको टिप्पणी गर्दै कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले भनेः‘बहिर्गमनबारे प्रधानमन्त्रीको नाम मात्रको प्रस्ताव स्वीकार्य छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed