![]()
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तीन विधेयक प्रमाणीकरण गरेकी छिन् ।
प्रमाणीकरण भएका विधेयकहरुमा राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५, संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको विज्ञप्तिमा उल्लेख छ ।


