![]()
काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भीर भएपछि आइसीयुमा राखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्याएका छन्।
डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ। अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्टरहरुको टोलीले जबरजस्ती आइसियुमा लगेका हुन्। आइयिसुमा डा केसीको उपचार भइरहेको छ।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापा र डीएसपी डा तपन दाहालको टोली अस्पताल पुगेका थिए । उनीहरुले डा केसीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
अनसनस्थलमै डा केसीको स्वास्थ्य जटिल भएपछि छटपाएकाले चिकित्सकहरुले नै उनलाई अस्पताल पुर्याएको जुम्लाका डिएसपी दाहालले बताए। अनसनस्थलमा डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको भन्दै चिकित्सकहरुले तत्कालै काठमाडौं लैजान सुझाब दिएका थिए।
पटक–पटकको अनसन र जुम्लाको प्रतिकुल मौसमका कारण डा केसीको स्वास्थ्य अवस्था यसपटक अनसनको दोस्रो दिनबाटै जटिल बनेको हो।


