![]()
नवलपरासी । पानी निकासको व्यवस्था नगर्दा डुबानमा परेको भन्दै स्थानीयले पश्चिम नवलपरासी भएर बग्ने भारतीय मुख्य पश्चिमी गण्डक नहर फुटाएका छन्। नहरका कारण लक्ष्मीपुरमा लगाएको दुई सय बढी बिगाहा धानबाली डुबानमा परेपछि सुस्ता गाउँपालिका-२ गुदरियाका स्थानीयले नहर फुटाएका हुन्।
पानी निकासका लागि बनाइएका साइफनमर्मत र सफाई नगर्दा धानबाली डुबानमा परेको थियो। खेतलाई डुबान गरेको पानी स्थानीयले उत्तरतर्फको गण्डक नहरमा छाडिदिएका छन्।
गतवर्ष समेत नहका कारण डुबानमा परेको भन्दै रुपौलियाका स्थानीयले बाँध फुटाएका थिए। हरेक वर्ष साइफन मर्मत तथा सफा गर्ने जनाए पनि भारतीय पक्षले अटेर गर्ने गरेको छ।
नहर फुटाएको बारे भारतीय पक्षलाई जानकारी गराइसकिएको छ । तत्काल समस्या समाधानका लागि स्थानीयले पानीको निकास मात्र गरेको र अब दुई देशका अधिकारी मिलेर दीर्घकालिन समाधान खोजिने नेपाली पक्षले जनाएको छ ।


