Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश ४ को नाममा सहमति जुटेन, सत्तापक्षीय सांसदहरुमै विवाद

Loading

काश्की । प्रदेश-४ को सांसद बैठकमा प्रदेशको नाम राख्ने विषयमा सहमती जुट्न नसकेपछि बैठक स्थगित भएको छ। प्रदेशको नामांकन तथा प्रदेश राजधानी तोक्न सुझाव संकलनका लागि गठन गरिएको समितीका संयोजक बिन्दुकुमार थापाले नामका विषयमा सदनमा प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमा छलफल नै हुन नसकी बैठक स्थगित भएको हो ।

सत्तारुढ दल नेकपाका सांसदहरुमै सहमति नभएपछि बैठक स्थगन गर्नुपरेको हो ।  कार्यव्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो। प्रदेश ४ को नामका लागि गोरखा, गण्डक, तमुवान, तमुवान–मगरातलगायतको नाम चर्चामा छन्।

गण्डकी र गण्डकी तमुवान भन्ने विषयमा नेकपाका सांसदहरूले संसदमै फरक मत राखेका थिए। अन्य पार्टीका सांसदहरूले गोरखा र गण्डकी नाम उपयुक्त हुने बताएको एक सांसदले  जानकारी दिए। नयाँ शक्तिले पनि नेकपाका केही सांसदले नै जुराएको नाम गण्डकी तमुवान प्रदेशको पक्षमा आफ्नो भनाइ राखेको छ। सुझाव संकलन समितिले पेस गरेको प्रतिवेदनमा अधिकांश जनताले गण्डकी नाम उपयुक्त हुने सझाव दिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.