![]()
कावुल,असार ।
अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो ।
राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आएका थिए । मारिनेमध्ये स्थानीय शिख नेता अवतार सिंह खालसा पनि रहेका छन् । अवतार सिंह आगामी अक्टोबरमा हुने संसदीय चुनाव लड्ने योजनामा रहेको बताइएको छ । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ ।


