Breaking News.... EverestOnlineKhabar
May 11, 2026

विश्वकप फुटबलःआज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्दै

Loading

काठमाडौ,असार ।
विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्नेछन् । पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।
पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २–० ले तथा अन्तिम खेलमा सर्वियालाई २–० ले हराएको थियो । उता मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो ।
आजै राति पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् ।बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफ को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । समूह का सबै ३ खेल जितेको बेल्जियम उपाधि दावेदार टोली हो ।जापान भने एसियाबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने एक मात्र टोली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.