![]()
जुम्ला। चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।
केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट पक्राउ परेका हुन्। उनलार्इ निषेधित क्षेत्रमा अनशन बस्न लागेकाे भन्दै प्रशासनले नियन्त्रणमा लिएकाे हाे।
चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै डा केसी अनशन बस्न शुक्रबार जुम्ला पुगेका थिए।
केसी पक्राउको बिरोधमा जुम्लावासीले सरकारबिरुद्ध नाराबाजी गरेका छन । प्रहरीले केसीको समर्थनमा उत्रिएकाहरुमाथि दमन गरेको छ । पक्राउ परेका केसीको स्वास्थ्य परीक्षणसमेत गर्न दिइएको छैन ।


