Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं  । नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट उपलब्ध गराउन गृहकार्य गरिरहेको हो ।

सरकारको नीतिअनुसार सेवाग्राहीले ५ हजारमा वर्षभरी इन्टरनेट पाउनुपर्ने हो। तर अहिले दोब्बर छ। महिनाको ८ सय देखि १ हजारसम्म तिर्दा १० देखि १२ हजारसम्म शुल्क पर्ने गरेको छ। प्राधिकरणले अब  ५ हजारमै उपलब्ध गराउन गृहकार्य गरिरहेको छ जनाएको छ ।

 देशका ७७ जिल्लामध्ये ५० जिल्लामा आईपीएस ब्रोडव्याण्ड पुगिसकेको छ। बाँकी २७ जिल्लामा पुग्ने क्रममा छ।  विदेशी इन्टरनेट भएका कारण तुलनात्मक रुपमा महंगो हुने भएपनि यसलाई महंगो भन्ने नमिल्ने प्राधिकरणले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed