Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ट्रम्पले जुलाई ९ मा सर्वोच्च अदालतको न्यायाधीशको नाम घोषणा गर्ने

Loading

बीबीसी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशको नाम जुलाई ९ मा घोषणा गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक सर्वोच्च अदालतमा न्यायाधीश मनोनयन गर्न लागेका हुन । कस्तो व्यक्तिलाई मनोनयन गर्लान भन्ने चासो सबैतिर छाएका बेला उनले मनोनयनको मिति भने तोकेका हुन् ।

दुई महिलासहित पाँच जनाको नामबाट मनोनयन गरिने पनि उनले जानकारी दिएका छन् । यसै हप्ता न्यायाधीश एन्थनी केनेडीको पदावधि सकिने भएकाले नयाँ नियुक्ति गर्न लागिएको हो ।

यो मनोनयनले सर्वोच्च अदालतमा रुढिवादी बहुमत हासिल गर्न राष्ट्रपति ट्रम्पलाई मौका मिल्ने समाचार संस्थाहरुले जनाएका छन् । उनले गरेको मनोनयनलाई सीनेटले स्वीकृति भने दिनुपर्ने हुन्छ । जहाँ राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकन पार्टीको बहुमत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed