Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एक इन्च भूमि पनि नछाड्ने चिनीयाँ राष्ट्रपति सी दृढता

Loading

एजेन्सी,असार ।
चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो मुलुकको एक इन्च भूमि पनि नछाड्ने बताएका छन् । अमेरिकी रक्षामन्त्री जेम्स् म्याटिससँग बेइजिङमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले आफ्नो पुर्खाले छाडेर गएको भू–भागको एक इन्च पनि छाड्न नसकिने स्पस्ट पारेका हुन् ।
उनले चीन शान्तिका लागि प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे । व्यापार र दक्षिण चिनियाँ समुद्रको विवादका कारण यी दुई मुलुकबीचको तनाब चुलिएको छ । दक्षिण चिनियाँ समुद्रको विषयमा अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । म्याटिस् सन् २०१४ पछि चीन भ्रमण गर्ने पहिलो पेन्टागन प्रमुख हुन् ।
चिनियाँ राष्ट्रपतिसँगको भेटवार्ता निकै राम्रो भएको भन्दै अमेरिकी रक्षामन्त्रीले चीनसँग उच्च तहको सैन्य सम्बन्ध राख्ने चाहना रहेको उल्लेख गरे । सिंगापुर शिखर सम्मेलनपछि अमेरिकी रक्षामन्त्री एसियाली मुलुकको भ्रमणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed