Breaking News.... EverestOnlineKhabar
October 3, 2026

स्वीडेनलाई हराएर समूह बिजेता बन्ने मेक्सिकोको दाउ

Loading

जेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एफ को खेलमा मेक्सिको र स्वीडेन प्रतिस्पर्धा गर्दैछन् । समूह एफ को अन्तिम खेलमा जित हात पार्दै मेक्सिको समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।

यसअघिको दुबै खेलमा जित हात पारेको मेक्सिको समूहको अन्तिम खेलमा पनि जित हात पार्ने दाउँमा छ । यता, स्वीडेन पनि मेक्सिकोलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ ।

यसअघि समूह चरणको दुई खेलमा मेक्सिको जित हात पार्दै ६ अंक बनाएको छ । दुई खेलमध्ये १ खेलमा जित र एक खेलमा हार ब्यहोरेको स्वीडेनको ३ अंक रहेको छ । मेक्सिको र स्वीडेनको यसअघि ९ खेलमा भेट भएको छ । जसमा ४ खेल स्वीडेनले जितेको छ । मेक्सिकोले २ खेल जितेको छ भने ३ खेलमा मेक्सिको र स्वीडेनले बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed