Breaking News.... EverestOnlineKhabar
August 17, 2026

२५ हजार विद्यार्थी मात्र विद्यालय बाहिर :मन्त्री पोखरेल

Loading

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अब जम्मा २५ हजार विद्यार्थी मात्र विद्यालय बाहिर रहेको दाबी गर्नूभएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि शिक्षा मन्त्रालयलाई विनियोजन गरेको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले   २५ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको बताउनुभयो ।

शिक्षामन्त्री पोखरेलले वैशाख १ गतेदेखि सुरु भएको भर्ना अभियानले धेरै बालबालिकालाई विद्यालयमा ल्याएको उल्लेख गर्नुभयो ।  उहाँले भदौ भित्र बाँकी बालबालिकालाई पनि विद्यालयमा ल्याउन स्थानीय तहको सहकार्यमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

भर्ना अभियान सुरु भएपछि दुई लाखभन्दा धेरै बालबालिकालाई भर्ना गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।  शिक्षामन्त्री पोखरेलले शिक्षामा अरु क्षेत्रको तुलनामा धेर्र बजेट भए पनि निशुल्क र अनिवार्य शिक्षाका लागि अझै बजेट अपुग रहेको उल्लेख गर्नुभयो । । मन्त्री पोखरेलले कक्षा ११ र १२ मा अनिवार्य गणित हटाउने विषय निर्णय नभएको तर छलफल चलिरहेको जानकारी दिनुभयो ।

उहाँले उच्च शिक्षामा अध्ययनका लागि जाने ५० हजार हाराहारी विद्यार्थीलाई मात्र गणित विषय चाहिने भएकाले अरुलाई बोझ बोकाउन नहुने गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.