Breaking News.... EverestOnlineKhabar
October 3, 2026

धेरै खुशी भएपछि म्यारोडोना बिरामी, रंगशालामै गरियो उपचार

Loading

एजेन्सी ।  नाइजेरियामाथि अर्जेन्टिनाको २—१ गोलको अप्रत्यासित जितसँगै रंगशालाको विशिष्ट कक्षमा रहेका अर्जेन्टिनाका फुटबल लेजेन्ड डिएगो म्याराडोना बिरामी भए । अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेपछि रंगशालामा खेल हेर्दै गरेका म्याराडोना निकै उत्साहित भएका थिए ।

अर्जेन्टिना र नाइजेरियाबीचको खेल सुरु भएको १५ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले एक गोल गर्दै १—० को अग्रता दिलाएका थिए । तर, नाइजेरियाले ५१ औं मिनेटमा गोल गरेपछि खेल १—१ को बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ८६ औैं मिनेटमा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोजोले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । उक्त गोलपछि म्याराडोनाले उत्साहित हुँदै आफ्ना वरपर रहेका शुभचिन्तकसँग अंकमाल र चुम्बन गर्दै खुसी साटासाट गरेका थिए । त्यसपछि उनी रंगशालामै एक्कासि बिरामी परेपछि प्राथमिक उपचार दिइएको थियो ।

उनको मेडिकल टिमले अस्पताल पुर्याउन भनेपछि म्याराडोनालाई नजिकैको अस्पताल पुर्याइएको बताइएको छ । अस्पतालमा जाँच गर्दा रक्तचाप कम भएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed