Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतिपय मुसलमान बहुल देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने आफ्नो निर्णय सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरेका छन्। तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेपनि सर्वोच्च अदालतले पाँच-चारको झिनो अन्तरले ती निर्णयहरूलाई उल्ट्याएको हो।

राष्ट्रपति ट्रम्पले अदालतको आदेशलाई ठूलो सफलता भनेका छन्। ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूविरुद्ध कडा रुपमा प्रस्तुत भइरहँदा अदालतको पछिल्लो फैसला आएको हो।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले अदालतको आदेशको स्वागत गरे। उनले भने, “यो हाम्रो संविधानको ठूलो विजय हो। हामी कडा हुनुपर्छ र हामी सुरक्षित हुनुपर्छ, सुरक्षित हुन हामीले हाम्रो देशमा को आउन लाग्दैछन भन्ने जाँच राम्ररी गर्नैपर्छ।”

रूढिवादी प्रधान न्यायाधीश जन रोबर्टसले पाँचजना न्यायाधिशहरू पक्षमा र चारजना विपक्षमा उभिएको उक्त फैसला सरकारले प्रस्तुत गरेको राष्ट्रिय सुरक्षाको कारणलाई ध्यान दिँदै आएको प्रतिक्रिया दिए। तर फरक मत राख्नेमध्येकी एक न्यायाधीश सोनिया सोटोमेयरले यात्रा प्रतिबन्धलाई निन्दा गर्दै त्यसले मुसलमानहरूविरुद्ध पूर्वाग्रह राख्ने उद्देश्य लिएको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.