![]()
काठमाडौं । पत्नी सीता दाहालको स्वास्थ्यमा अपेक्षाकृत सुधार नआएपछि नेपाल कम्युष्टि पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल अझै एकहप्ता सिंगापुरमा बस्ने भएका छन ।
सिंगापुरबाट काठमाडौं फर्किएकी अध्यक्ष दाहालकी कान्छी छोरी गंगाले सामाजिक संजालमार्फत यो कुराको जानकारी गराएकी हुन । छोरी गंगाका अनुसार ‘वाटर थेरापी’ र औषधिको ‘रियाक्सन’ हेरेर थप उपचार गर्नुपर्ने भएकाले दाहालको बसाई लम्बिएको हो ।

पत्नी सीताको मनोविज्ञान र स्वास्थ्यलाई ख्याल गरेर नै दाहालले आफ्नो बसाई लम्बाएका हुन् । विगत केही वर्षयता प्रचण्ड एकपछि अर्को पारिवारिक पीडामा छन् । छोरी ज्ञानु दाहालको निधन भएको ३ वर्ष नपुग्दै एक मात्र छोरा प्रकाश दाहालको पनि गत मंसीरमा निधन भएको थियो ।
प्रकाशको निधन यता पत्नी सीताको पनि स्वास्थ्य र स्मरणशक्ति कमजोर भएपछि अध्यक्ष प्रचण्डले परिवारका लागि समय दिन थालेका छन् । नेपालमै हुँदा पनि प्रचण्डले पत्नी सीतालाई बेलाबेला विभिन्न शान्त ठाउँ घुमाउने गरेका थिए ।
सीता प्रेसर, सुगरलगायतका रोगबाट ग्रसित रहेकी छिन् । यसअघि उनलाई छोरी रेणु दाहालले उपचारका लागि नयाँदिल्ली लगेकी थिइन् ।


