![]()
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विशेष र ठूला मुद्दाको अनुसन्धान गर्नका लागि आफ्नो मातहतमा रहने गरी उच्चस्तरीय ‘टास्कफोर्स’ गठनको तयारी गरेका छन ।
अपराध भ्रष्टाचार लगायतका घटनामा साना भुराहरु मात्र परेको भन्दै गृहमन्त्री थापाले आफ्नै माताहातमा रहने गरी उच्चस्तिरिय र्फोस परिचालन गर्ने तयारी गरेका हुन । र्फोस गठनसँगै अपराधिक घटनामा संलग्न ‘ठूला माछा पक्रने’ गृहको विश्वास छ ।
यसले खास–खास मुद्दामा मात्र काम गर्नेछ । ‘टास्कफोर्स’लाई राजनीतिक दबाबबाट मुक्त राख्नेगरी गृहमन्त्री थापाले तयारी गरेका छन । गृहमन्त्रीको अभ्यास सफल भयो भने घटनाको अनुसन्धान र कारवाही गर्ने काम प्रत्यक्ष गृहमन्त्रीको मातहतमा रहने यो यही फोर्सले गर्नेछ ।
वित्तीय अनियमिता, तस्करी, धोकाधडी, आपराधिकलगायतका प्रकृतिका मुद्दामा काम गर्ने गरी ‘टाक्सफोर्स’ गठन गर्न लागिएको हो । सम्भवत डीआईजीको नेतृत्वमा यो फोर्र्स बन्ने छ । गृहमन्त्री थापा प्रहरीले सुन तस्करी र काम नगर्ने ठेकेदार, कुख्यात अपराधीमाथि शीघ्र कारबाही गर्न नसकेकोमा असन्तुष्ट छन् ।


