Breaking News.... EverestOnlineKhabar
August 16, 2026

संसदमा प्रधानमन्त्रीमाथि कांग्रेसको आक्रमण, ओली ‘नयाँ राजाको अवतार’ भएको रिजालको आरोप

Loading

काठमाडौं । नेपाली कांग्रेस सरकार एवम प्रधानमन्त्री केपी ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुन थालेको छ । प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरुले एकपछि अर्को गर्दै प्रधानमन्त्रीलाई ‘टार्गेट’ गर्न थालेका छन । खासगरी डा. मिनेन्द्र रिजाल, गगन थापा, पुष्पा भुषाल, बालकृष्ण खाँण लगायतका नेताहरु बढी आक्रामक देखिएका छन ।

प्रधानमन्त्रीप्रति बढी निर्मम देखिएका नेता मिनेन्द्र रिजालले मंगलबारको बैठकमा पनि प्रधानमन्त्री ओलीको उछितो काढे । उनले ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको उनको आरोप छ । उनले मन्त्रीहरुले कानुन मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई चुनौती दिए ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङले कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

गृहमन्त्री थापाले कानुन मिचेर ठेकेदारहरुलाई कार्वाही गर्ने गरेको भन्दै रिजालले आपत्ति जनाए । उनले मूल्य ृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.