Breaking News.... EverestOnlineKhabar
October 3, 2026

रोनाल्डोलाई ‘रेड कार्ड ’ नदिएपछि इरानका प्रशिक्षक ‘फिफा’संग रुष्ठ

Loading

एजेन्सी । पोर्चुगलसँग १-१ बराबरी भर्इ इरान समूह चरणबाट बाहिरिएपछि इरानी प्रशिक्षक कार्लोस क्वइरोज फिफा र भिएआरमाथि आक्रोशित भएका छन्। कार्लोसले रोनाल्डोले फल गर्दा गर्दै पनि उनलार्इ मैदानबाट बाहिर नपठाउन निर्देशन आएको हुन सक्ने आशंका गरेका छन ।

रोनाल्डोले इरानका मिडफिल्डर मोर्टेज पउरालिनगान्जीलार्इ कुहिनोले हाने पछि उक्त घटना भिएआर मार्फत रेफ्रीले हेरेका थिए। भिडियो हेरेपश्चात रोनाल्डोलार्इ रेफ्रीले पहेँलो कार्ड दिएका थिए।

‘भिएआरका लागी खेल रोकियो, कुहिनोले हानेको प्रस्त देखियो। कुहिनोले प्रहार गरेपछि रेड कार्ड दिनुपर्ने नियम छ, चाहे त्यो मेसी होस् वा रोनाल्डो।’ रोनाल्डो नाम चलेका खेलाडी भएकाले रेफ्रीलार्इ रोनाल्डोप्रति अलि नम्र व्यवहार गर्न भनिएको हुनसक्ने क्वइरोजले बताए।

भिएआरको उचित प्रयोगका लागी प्रशिक्षक र दर्शकहरुले मैदानमा रहने रेफ्री र भिएआर रेफ्रीबिच हुने कुराकानी सुन्न पाउनु पर्ने तर्क गर्दै उनले भने ‘यस्तै भएको हो भन्ने कुरा मलार्इ थाहा छैन तर हामीसँग सूचना पाउने अधिकार छ।’

‘हामीलार्इ थाहा छैन कि त्यो निर्णय रेफ्री वा माथि बसेकाहरु कसले लियो। यो खेल दर्शकहरुको हो, पछाडि बसेर निर्णय गर्नेहरुको होइन। म फिफा अध्यक्ष गियान्नी इन्फनटिनोलार्इ सबै सामु क्षमा माग्दै आफ्नो हात माथि उठाएर भिएआरले काम गरिरहेको छैन, त्यसैले हामी त्यो बन्द गर्दैछौं  भन्न सुझाव दिन्छु।’

रेफ्री इनरिक्यु कासेरेसले तीन पटक भिएआरको प्रयोग गर्न खेल रोकेका थिए। जसमा दुबै टोलीले एक-एक पेनाल्टी पाएका थिए।

कार्लोस क्वइरोजका अनुसार पोर्चुगलले पेनाल्टी एरियामा दोस्रो हाफमा भएका घटनाहरुका लागी पनि एउटा पेनाल्टी पाउनु पर्ने बताए। कार्लोस क्वइरोजले २०१४ मा पोर्चुगलका प्रशिक्षक थिए।

यता, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस आफूले उक्त घटनाको भिडियो नहेरेको बताउँदै भने,  ‘त्यसबारे कुरा गर्न मैले त्यो भिडियो हेर्नुपर्ने हुन्छ। तर मलार्इ लाग्छ भिएआरले आफ्नो काम गरेको छ र हामीले त्यो स्वीकार गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed