![]()
काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाको म्याद थप तीन महिना थपेको छ । नयाँ सम्झौता अनुसार दशै अगाडि नै खानेपानी ल्याउने गरी काम शुरु हुनेछ । यो आयोजनाको निर्माण जेठ ३१ गतेसम्म सकिसक्नु पर्ने थियो । नयाँ सहमतिपछि अव यो आयोजना भदौमसान्तसम्म सक्नुपर्नेछ ।
मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय प्रतिनिधी र खानेपानी मन्त्रालयबीच सम्झौता भएको छ । दुई पक्षबीच रोकिएको आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने, कम्पनीको समस्यालाई सरकारले संबोधन गर्ने र दशैअघि काठमाडौंमा पानी झार्ने गरी अगाडि बढाउने सम्झौता भएको हो ।
इटालीमा रहेको मुख्यालयबाट कम्पनीका बोर्ड अफ डाइरेक्टरका प्रतिनीधिको नेतृत्वमा उच्चस्तरको टोली छलफलका लागि नेपाल आएको थियो । दुई दिनसम्म चलेको छलफमा एक–अर्काको तर्फबाट आयोजनाको अवस्थाकोबारेमा कार्यप्रगतीको प्रस्तुतिकरण भएको थियो भने संयूक्त रुपमा आयोजनाको स्थलगत अनुगमन पनि भएको थियो ।
छलफल र आयोजना स्थलको अवलोकनपछि निर्माण कम्पनी लचिलो भएको हो ।


