Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौँ । पहिलो पटक जापानको टोकियोमा नेपाली फिल्म अवार्ड हुने भएको छ । भदौ ३१ गते टोकियोमा सूर्य इन्टरनेसनल अवार्ड हुने भएको हो । अवार्डका लागि १२ विधामा लोकप्रिय पाँचको मनोनयन पनि सार्वजनिक गरिएको छ ।

मनोनयनमा लोकप्रिय फिल्मतर्फ ‘छक्का पञ्जा २’ सहित ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ भिडेका छन ।
त्यसैगरी नायकतर्फ अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का र दयाहाङ राईबीच भोटिङ प्रतिस्पर्धा हुँदा लोकप्रिय नायिकाको विधामा साम्राज्ञी राज्यलक्ष्मी शाह, श्वेता खड्का, पूजा शर्मा, शिल्पा पोखरेल र निता ढुंगाना भिड्ने भएका छन ।

मनोनयनमा परेकामध्ये सर्वा्धिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed