Breaking News.... EverestOnlineKhabar
August 15, 2026

पोल्याण्ड र कोलम्बिया दुवै ‘डु एण्ड डाई’ को अवस्थामा

Loading

एजेन्सी ।  विश्वकप फुटबलअन्तर्गत  समूह ‘एच’ मा पोल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको नकआउट चरणमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न  दुबै टिमका लागि त्यतिकै महत्वपूर्ण छ । रसियाको कजान एरिनामा पोल्याण्ड र कोलम्बियाबीचको खेल नेपाली समयअनुसार आज राति ११ बजेर ४५ मिनेटमा हुनेछ ।

यसअघि पोल्याण्ड र कोलम्बिया दुवैले समुह चरणको पहिलो खेलमा हार व्यहोरेका छन् । पोल्याण्ड सेनेगलसँग २—१ गोलले पराजित भएको थियो भने कोलम्बिया जापानसँग २—१ गोलले नै पराजित भएको थियो । पहिलो खेलमा हार व्यहोरेको पोल्याण्ड र कोलम्बिया आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेका छन् ।

पोल्याण्ड र कोलम्बियाले यसअघि ५ खेलमा भेट गरिसकेका छन् । जुन खेलमा ३ खेल कोलम्बियाले जितेको छ भने २ खेल पोल्याण्डले जितेको छ । सन् १९८० मा पहिलो पटक पोल्याण्ड र कोलोम्बियाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा खेलेका थिए । जसमा पोल्याण्ड ले कोलम्बियालाई ४—१ गोलले पराजित गरेको थियो ।

त्यस्तै सन् १९८५ मा भएको अर्को खेलमा पोल्याण्डसँग कोलम्बिया २—१ गोलले पराजित भएको थियो । सन् १९८५ मै भएको अर्को खेलमा कोलम्बियासँग पोल्याण्ड १—० गोलले पराजित भएको थियो भने सन् १९९० मा भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई २—१ गोलले पराजित गरेको थियो ।

दुई टिमबीच सन् २००६ मा भएको खेलमा कोलम्बियासँग पोल्याण्ड २—१ गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed