Breaking News.... EverestOnlineKhabar
August 15, 2026

बिश्वकप फुटबलमा जापान र सेनेगल भिडदै, एशियाली पावरहाउस जापान उत्कृष्ट लयमा

Loading

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ मा  आइतबार जापान र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । एसियाली मुलूक जापान  जित निकाल्दै विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

यसअघि समूह चरणको आ–आफ्नो खेलमा जापान र सेनेगलले जित हात पारेका छन् । जापानले बलियो प्रतिद्धन्दी मानिएको कोलम्बियालाई २—१ गोलले पराजित गरेको थियो । त्यस्तै, सेनेगलले पोल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको थियो ।
यी दुई टिमका. समान ३—३ अंक रहेको छ । यी दुई टिमबीचको विजेताको विश्वकप फुटबलको अन्तिम १६ पुग्ने सम्भवना प्रवल रहन्छ ।

जापान र सेनेगलको यसअघि ३ खेलमा भेट भएको छ । जसमा २ खेलमा सेनेगलले जापानलाई पराजित गरेको छ भने एक खेल बराबरी खेलेका छन् । जापान र सेनेगलबीच सन् १९८७  मा भएको पहिलो खेलमा जापान र सेनेगलले २—२ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै, सन् २००१ मा भएको मैत्रीपूर्ण खेलमा जापान सेनेगलसँग २—० गोलले पराति भएको थियो भने सन् २००३ मा भएको अर्को खेलमा पनि सेनेगलसँग १—० गोल अन्तरले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed